धादिङ ६ मंसिर
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ ढाडखर्कमा अवस्थित गंगाजमुना माई मेला तथा बृहद लोक सांस्कृतिक कार्यक्रम आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उदघाटन गर्ने भएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा हरेक वर्ष एकादशीको अवसरमा लाग्ने उक्त मेला बिहान ११ बजे उद्घाटन गर्ने आयोजकले जनाएको छ । मेलामा हजारौ भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोलीपल्ट नुहाएर फर्कने गर्दछन ।
मेलामा लामा नाच,चौरी घोडा नाच,बोन्पो नाच,सोराठी नाच,नेवारी बाजा लाखे नाच लगायतका स्थानीय मौलिक पहिचान झल्काउने कलाहरु प्रस्तुत रहने मेला मुल आयोजक समिती संयोजक रामेश्वर सिंखडाले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
कृषि पर्यटन पुर्वाधार,संबृद्ध गंगाजमुनाको मुल आधार भन्ने मुला नारासाथ आयोजना गरिएको उक्त मेलामा नेपालका विभिन्न जिल्लाका भक्तजनहरुको उपस्थिती रहने छ । कार्यक्रमको औपचारिक समापन भोली मंसिर ७ गते हुने छ ।
file picture
प्रतिक्रिया दिनुहोस