धादिङ १४ कार्तिक
धादिङको गजुरी गाउँ पालिका अन्तरगत पर्ने मलेखु भण्डारा सडक खण्डको तुनीखोलामा यात्रुवाहक जिप दुर्घटना हुंदा ११ जना यात्रु घाईते भएका छन् । वेनिघाट रोराङ गाउँ पालिकाको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप बिहिबार विहान ९ वजेतिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनीखोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् भने अन्य सामान्य घाइते भएका हुन् । तिहार मानेर फर्किएका यात्रु लिएर गाउँबाट पृथ्वीराजमार्गतर्फ आईरहेको उक्त जिप सडकबाट ७० मिटर तल खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनाका घाइतेहरुलाई नेपाल प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले उद्धार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका १० जनालाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको राजमार्ग सामुदायिक अस्पतालले जानकारी दिएको छ ।
दुर्घटनाका घाइतेहरुको नामावली यसप्रकार छ ।
अच्युत सिलवाल वर्ष २३ गजुरी गाउँ पालिका १ गम्भीर
भिमराज सिलवाल वर्ष २५ गजुरी गाउँ पालिका १
नवराज खरेल वर्ष २४ वेनिघाट गाउँ पालिका २ गम्भीर
विवश सेढाई वर्ष १५ गजुरी गाउँ पालिका २ गम्भीर
दिनेश तामाङ वर्ष २३ गजुरी गाउँ पालिका ३ गम्भीर
सरस्वती रेग्मी वर्ष २१ वेनिघाट गाउँ पालिका २ गम्भीर
अप्सरा वस्नेत वर्ष ४५ वेनिघाट गाउँ पालिका २ गम्भीर
नमराज हटुवाल वर्ष ४४ वेनिघाट गाउँ पालिका २ गम्भीर
सुनिल दर्जी वर्ष २८ मकवानपुर गम्भीर
शान्ति तामाङ वर्ष ३४ बेनिघाट गाउँ पालिका २ गम्भीर
सन्तोष अधिकारी वर्ष १६ गजुरी गाउँ पालिका २ सामान्य
नरेस सिलवाल बर्ष २४ बेनिघाट रोराङ गाउँ पालिका ४
प्रतिक्रिया दिनुहोस