धादिङ २८ कार्तिक
नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा संघिय सांसद रामनाथ अधिकारीले नेपाली काङ्ग्रेसलाई दुवोको सज्ञा दिनु भएको छ ।
काङ्ग्रेस मौसम अनुसार आफै हरियो र आफै सुख्खा हुने नेपाली काङ्ग्रेस ज्वालामुखी गाँउपालीका वडा नम्बर ६ कार्यसमितिले आयोजना गरेको शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छटपर्वको उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रममा यस्तो सज्ञा दिनु भएको हो ।
गाँउपालिकाको साधभञ्याङमा सम्पन्न भएको उक्त कार्यक्रममा सभापती तथा संघिय साम्सद अधिकारीले बिकासको काममा कस्ले के भन्यो भन्दा पनि आफुले गर्ने काममा एक चित्त भएर काम गर्न सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भएको छ ।
त्यस्तै बाग्मती प्रदेश सभा सदस्य गोविन्द लम्सालले आफु निर्वाचित भए पछि आफुले सम्पुर्ण मतदाताहरूको साझा रूपमा अपेक्षा अनुसारको काम गर्नमा लागी पर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्नु हुदै ज्वालामुखी गा पा वडा नम्वर ६ का अध्यक्ष किशोर सेडाईले गाउँपालिका र वडा भित्र रहेका हरेक बिकासका काम तथा राजनैतिक क्रियाकलाप सकारात्मक रहेको र बाकिँ दिनमा पनि हरेक क्रियाकलापमा सकारात्मक बनाउन सबैमा अनुरोध गर्नु भएको छ । त्यसै उहाँले नेपाली काङ्ग्रेस गर्ने क्रियाकलापबाट अन्य पार्टिले पनि प्रसंसा गर्ने खालको काम गर्न अनुरोध गर्नु भएको छ ।
कार्यक्रमलाई समापन गर्नु हुदै नेपाली काङ्ग्रेस ज्वालामुखी गा पा वडा नम्वर ६ का कार्यवाहक सभापति लिलामान वाडाले दिपावली, छटपर्व, नेपाल सम्वत लगायतका पर्वहरूको शुभ कामना दिनु हुदै पार्टिको कार्यकर्ताहरूमा वि पी को सिद्दान्तमा लाग्न नसकेको आरोप लगाउनु भएको छ । त्यस्तै उहाँले वि पी को सिद्दान्तमा लाग्न र पछिल्ला दिनमा नतिजा राम्रो आउने कुरामा विश्वास ब्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस