धादिङ २५ कार्तिक
उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा नेकपा माओवादी केन्द्रको विशेष अभियान जनतासँग माओवादी विशेष रुपान्तरण अभियान,घरघरमा माओवादी जनजनमा माओवादी अभियान संञ्चालन भएको छ ।
जिल्ला संयोजक मनराज भण्डारी(शैलेस)को नेतृत्वमा गाउँपालिका भरिका प्रत्येक वडाका टोल बस्तीमा घण्टौँ सम्मको पैदल यात्रा गरि पार्टी संगठनको टोला भेला,जवस मोर्चा समिती गठन कार्यक्रम सम्पन्न गरिएको हो ।
शनिबार वडा नम्बर ४ को पर्यटकीय एवंम् धार्मिक स्थल पेन्तिस्या स्थित तातोपानी क्षेत्र परिसरमा सरसफाई कार्य सम्पन्न गरिएको छ । बर्खाको समयमा बाढीले बगाएर ल्याएको ढुङगामुडा,दुर्घन्धित बस्तु हटाएर सरसफाई गरिएको जिल्ला संयोजक भण्डारीले रेडियो बिहानीलाई बताउनुभयो । तातोपानी क्षेत्र वरिपरी मन्दिर सरसफाई गरि दर्शनार्थी नुहाउने पोखरीसमेत सरसफाई गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
संयोजक भण्डारीले भन्नुभयो –‘हामीले माओवादी केन्द्रको यो विशेष अभियानमा पार्टीको संगठन विस्तार मात्र नभएर जनताले चाहेको परिवर्तन र बिकास योजनाबारे सुझाव संकलन संगै सामाजिक कार्य गर्दै आएका छौँ, यो अभियानमा रुविभ्यालीको जनताले पार्टी प्रति देखाएको माया र सद्भावले माओवादी केन्द्र पार्टीलाई पक्कै पनि साथ सपोर्ट गर्नुहुन्छ मैले विस्वास लिएको छु ’– उहाँले भन्नुभयो ।
यस्तै शुक्रबार वडा नम्बर ४ हेन्दुङ गाउँमा लाक्पा छिरिङ तामाङको अध्यक्षतमा ५ सदस्यीय समिती गठन कार्य सम्पन्न गरिएको छ । यस्तै वडा नम्बर ५ को नेवेर गाउँमा कृष्ण लामाको अध्यक्षतामा ५ सदस्यीय पार्टी टोल समिती गठन गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
संगठन विस्तार अभियानमा रुविभ्याली गाउँपार्टी समिति अध्यक्ष कर्मा लामा तामाङ , जिल्ला संयोजक मनराज भण्डारी,अखिल क्रान्तिकारी केन्द्रिय सचिव विमल तामाङ, युवा नेता खो बहादुर तामाङ ,वडा नम्बर ५ का वडा सदस्य दज्र्यूङ तामाङ,पालिका पार्टी समिति सदस्य पुर्ण रोङ तामाङ ,नेवेर टोल समिति अध्यक्ष कृष्ण लामा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस