धादिङ २४ कार्तिक
प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार महोत्सवको अवसर पारी शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.,लायन्स क्लव अफ काठमाण्डौँ सूर्यमुखी र ब्लड सर्कलको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।
जिल्लामा रगतको अभावलाई न्यूनीकरण गर्न महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जानएको छ । बिहान १० बजे देखि ४ बजे सम्म हुने रक्तदान कार्यक्रममा उपस्थितीको लागि आयोजकले अनुरोध गरेको छ ।
कार्तिक १७ गते देखि सुरु भएको महोत्सव आगामी २७ गते समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस