धादिङ २४ कार्तिक
धादिङमा माओवादी केन्द्रको विशेष अभियान जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ससक्त रुपमा भईरहेको छ ।
विहीबार रुविभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङको संयुक्त टोल भेला सम्पन्न गरिएको छ । वडा नम्बर ३ स्थित गोम्बो टोलमा बरमान तामाङको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन सम्पन्न र बरखाप टोलमा सान्तमान तामाङको अध्यक्षतामा ९ सदस्यीय र चेत टोलमा याङ लामा तामाङको अध्यक्षतामा ७ सदस्यीय टोल पार्टी समिति गठन गरिएको जिल्ला संयोजक मनराज भण्डारी शैलेसले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
उक्त अभियानकै क्रममा यसमान तामाङको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र ) टोल समिति गरिएको बताउनुभयो । यस्तै आईत बिश्वकर्मको अध्यक्षतामा ७ सदस्यीय टोल समिति र लालिमाया तामाङको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ(क्रान्तिकारी )टोल समिति गरिएको छ ।
अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदैँ संयोजक भण्डारीले माओवादी केन्द्र पार्टीको उद्धेश्य नै संबृद्ध रुविभ्याली गाउँपालिकाको परिकल्पना र लक्ष्य समाजवादको रहेको बताउनुभयो ।
कार्यक्रममा रुविभ्याली गाउँपार्टी अध्यक्ष कर्म लामा जिल्ला संयोजक मनराज भण्डारी लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस