१० कात्तिक, धादिङ
नेपाल कम्युनिष्ट पार्टी ज्वालामुखी गाउँपालिका वडा नं १,२ र ३ को युवा तथा महिला प्रशिक्षण कार्यक्रम शनिबार ज्वालामुखी गाउँपालिका वडा नं २ मा सम्पन्न भएको छ । चर्चाको विषयमा रहेको बुढीगण्डकी परियोजनाको कामलाई नेपाल सरकारले पहिलो प्राथमिकता दिएको प्रदेश सांसद डा. रामकुमार अधिकारीले बताउनु भयो । बुढीगण्डकी परियोजनाको काम सम्पन्न भएपछि बेरोजगार युवाहरुले रोजगार पाउने बताउँनुहुँदै अब युवाहरु बिदेशीनु नपर्ने बताउनु भएको थियो ।
यसै गरी नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले समाज परिवर्तन गर्न युवाहरु जागरुक हुन आवश्यक रहेको बताउनु भयो । प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश नं ३ का सचिवालय सदस्य गुरु प्रसाद बुर्लाकोटी, प्रदेश सांसद डा. रामकुमार अधिकारीले पार्टीको अबधारण, बर्तमान अवस्था, केन्द्रिय प्रावधान र सरकारले गरेका कामहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश नं ३ का सचिवालय सदस्य गुरु प्रसाद बुर्लाकोटी, राम बहादुर भण्डारी , प्रदेश सांसद डा. रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडा, लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमकै अबसरमा नेपाली काङग्रेसका करिब १ सय भन्दा बढी कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस