धादिङ २२ कार्तिक
धादिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाको १९ औँ वार्षिक उत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त रक्तदान कार्यक्रममा १८ जना महिला र ४८ पुरुष गरि ६६ जनाले रक्तदान गराएको रेडक्रस स्वास्थ्यकर्मी फुर्साङ तामाङले रेडियो बिहानीलाई बताउनुभयो ।
संस्थाको १९ औँ वार्षिक उत्सवको अवसरमा रगतको अभावलाई मध्यनजर गर्दै बिरामीको उपचारमा थप सहयोग पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश उपप्रमुख सीताराम अर्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस