धादिङ ०९ कार्तिक
लक्ष्मी जयन्तिको पूर्व सन्ध्यामा धादिङवेसीमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय ११ औँ जन्म जयन्तिको अवसरमा धादिङ सिर्जना प्रतिष्ठानले आयोजना गरेको लक्ष्मी जयन्ती विशेष सिर्जनात्मक छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रममा धादिङका श्रष्टाहरुले महाकवि देवकोटाको सम्झनामा उहाँका कृतित्व र व्यक्तित्वको बारेमा चर्चा परिचर्चा गर्नुका साथै देवकोटासँग सम्बन्धित विभिद रचना वाचन गरेका थिए । धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका अग्रज साहित्यकार वद्रि प्रसाद दाहाल, वरिष्ठ पत्रकार सीताराम प्रसाद बर्मा, राजेन्द्र विक्रम शाह, नीलकण्ठ क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा लगायतको आतिथ्यता रहेको थियो । विक्रम संवत १९६६ साल कार्तिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडाँैका डिल्लीबजारमा पिता तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मीदेवीको कोखबाट जन्मिएका देवकाटाको मुनामदन, शाकुन्तला लगायतका दर्जनौ काव्य कृतिहरु प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस