धादिङ २० कार्तिक
धादिङमा सवारी दुर्घटना तथा जोखिम न्यूनीकरण सम्बन्धी बैठक तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार स्वास्थ्य कार्यालय धादिङको आयोजनामा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गह्रैको अध्यक्षता नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त बैठकबाट दुर्घटनाहरुको विवरण संकलन र तथ्याङकहरुको बिश्लेषण गरि दुर्घटना न्युनीकरणका लागि सरोकारवाला निकायसंग छलफल,कार्यक्रम,योजनाको पहल गर्ने निर्णय भएको छ ।
यस्तै सवारी धनी,सवारी चालक र सह चालकहरुलाई सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धी सचेतना अभियान संचालन गर्ने,सवारी दुर्घटना जोखिम स्थानको पहिचान गरि धादिङवेशी हुँदै देशका विभिन्न स्थानमा जाने यात्रु वाहक सवारी साधनहरुमा सचेतनामूलक स्टिकरहरु टाँस गर्ने निर्णय गरिएको हो ।
त्यस्तै सचेतनामूलक स्वाथ्य सामग्री उत्पादन गरि फ्लेक्स व्यानर निर्माण गरि विभिन्न स्थानीय तहहरुमा प्रचार प्रसार गर्ने , सडक मर्मत कार्यलाई थप प्रभावकारीताकासाथ निरन्तरता दिन सम्बन्धीत निकायमा निर्देशन दिने निर्णय गरिएको छ ।
स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झा ले सञ्चालन गरिएको कार्यक्रममा , जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्र,नेपाली सेना शिवदन गणका मेजर गोरे गुरुङ,अनुसन्धान अधिकृत रिता बराल,ससस्त्र प्रहरी बल धादिङका गुल्म प्रमुख राजकुमार कँडेल,सहायक प्रजिअ,जनस्वास्थ्य निरीक्षक तोयनाथ छत्कुली,जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठ,नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लगायतको आमन्त्रित सदस्यहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस