धादिङ २० कार्तिक
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
यहि कार्तिक २२ गते बिहान ८ बजेदेखि अप्ह्रान्न ४ बजेसम्म धादिङ अस्पतालको प्राङ्गण सदरमुकाम धादिङवेशी विचबजार क्याम्पस चोकमा हुने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश उपप्रमुख सीताराम अर्यालले जानकारी दिनुभयो ।
संस्थाको १९ औँ बार्षिक उत्सवकोे अवसरमा हाल विद्यामान रगतको अभावलाई मध्यनजर गरि बिरामी उपचार थप सहयोग पुगोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश उपप्रमुख अर्यालले बताउनुभयो ।
त्यस्तै कार्तिक २३ र २४ गते कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिमपनि सदरमुकाम धादिङवेशीमा आयोजना गरिएको कृषि तथा पशुपंक्षी प्राविधिक राजकुमार शाक्यले रेडियो बिहानीलाई बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस