धादिङ २० कार्तिक
सिद्धलेक गाउँपालिकामा नेतृत्व बिकास तथा भाषणकलासम्बन्धी ३ दिने तालिम आईतबारबाट सुरु भएको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यपालिका महिला सदस्यहरु तथा गाउँपालिकाका कर्मचारीहरुका लागि उद्घोषण तालिम दिइएको हो ।
महिला तथा कर्मचारीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो । उहाँले नेतृत्व गर्न र गाउँ, टोल र वडामा हुने कार्यक्रमहरुमा निर्धक्कका साथ प्रस्तुत हुन पनि तालिमले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
तालिममा मकवानपुर हेटौडाबाट आउनुभएका पत्रकार रुपक कालिराजले उद्घोषण के हो , उद्घोषण कसरी गर्ने , उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, असल उद्घोषकमा हुुनुपर्ने गुुणहरु, उद्घोषण तालिमको आवश्यकता, औचित्य, नेतृत्व क्षमता विकास कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।
आईताबार देखि सञ्चालन भएको तालिम कार्तिक २१ गते मंगलबार समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस