धादिङ १९ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिकामा सहकारी सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर उप–प्रमुखको दिपक विश्वकर्मको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी, वडा नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ , प्रशासकीय अधिकृत लोकनाथ उपाध्यय,सामाजिक बिकास शाखा अधिकृत उर्मिला थपलिया लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।
नीकण्ठ नगरपालिका भित्रका १४ वटै वडाका बहुउद्धेश्यीय सहकारी संस्था र सहकारी संस्थाहरुको संञ्चालक समिती तथा व्यवस्थापकहरुकोे उपस्थितीमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
संस्थागत सहकारीबाट उठाएको कुराहरुलाई सम्बोधन गर्दै कार्यक्रमको अध्यक्षता समेत रहनुभएका नगरउपप्रमुख दिपक विश्वकर्मले रासयनिक मलको समस्य मुलुकमा देखिदै गएपछि आफुले नगरपालिकाको सम्पुर्ण कृषकहरुको तथ्याङक राखेर प्रदेश केन्द्र सरकार समक्ष अनुरोध गर्दापनि सोचेजस्तो कार्यप्रगती हुन नसकेको बताउनुभयो ।
सहकारीको क्षमता बिकासमा नियमित रुपमा यान्त्रिकरण तालिम,कृषि उत्पादन सम्बन्धी तालिम र चौमासिक रुपमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
नगर क्षेत्रमा पशु बीमाबारे धेरै सुझाव आएकाले यसलाई सहज बनाउने कुरामा ध्यान रहेको बताउनुभयो । वडा वडामा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने,कोल्ड स्टोर निर्माण गर्ने र यो आर्थिक बर्षमा विनियोजित बजेटमा केहि छुटेका कुराहरुलाई हिउँदे अधिवेशनबाट समन्वय गर्दै जानेपनि विश्वास व्यक्त गर्नुभयो ।
बहुउद्धेश्यीय सहकारी र सहकारी प्रतिनिधीहरुको महत्वपुर्ण सल्हासुझावलाई प्राथमिकतामा राखेर कार्य गर्ने पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले सहकारीले बजेटको भन्दापनि व्यवस्थापनमा जोड दिदै रोजगार कसरी बढाउन सकिन्छ भन्ने बारेमा अनेक सहकारी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।–‘कृषि उत्पादनका लागि देशव्यापी रुपमा रासयनिक मलको अभाव बढि रहँदा हामीले प्राङगरिक अर्थात कम्पोष्ट मल उत्पादनमा ध्यान नदिनु पनि एउटा कम्जोरी पक्ष रहेको छ’–अधिकृत सुबेदीले बताउनुभयो ।
कतिपय सहकारीहरु नवीकरण नगरिएको, समयमा अडिट रिर्पोट उपलब्ध नभएको,आर्थिक कुराहरुमा समस्य पैदा भएको हुँदा यसलाई थप व्यवस्थापन गर्न संञ्चालक समिती जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सहकारीले गरिरहेको विभिन्न गतिविधीको बारेमा नगरपालिकाले सूचना दिएर वा नदिएर जुनसुकै बेलामा अनुगमन गर्ने पनि व्यक्त गर्नुभयो । सबै सहकारीहरु कार्यक्षेत्रलक्षित , उद्धेश्यमुखी , ऐन कानुन रुपमा सञ्चालन गर्न पनि अनुरोध गर्नुभयो ।
त्यस्तै वडा नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले उत्पादनमुखी,आर्थिक बिकास हुने कृषि क्रान्तिका लागि अमेरिकी संस्थासंग सरकार संग सरकार (जिटुजी) कार्यक्रम मार्फत रोजगारमुलक सामाजिक बिकास गर्ने योजनामा नगरपालिका लागि रहेको बताउनुभयो । उहाँले नगरपालिकाको सबै वडाहरुको भौगोलिक माटोको परिक्षण गरि कुन खालको कृषिकार्य गर्न सकिन्छ भन्ने ग्यारेन्टी गरि नगरपालिकाले काम थालनी गर्नुपर्ने बताउनुभयो ।
सहकारीको कार्यक्षमता र बिकास केवल एउटा सहकारी र आर्को सहकारी बीचमा प्रतिष्पर्धा मात्र नभई विभिन्न स्थानीय तहहरुसंग जोडिएर सहकार्य समन्वय र बिकास गर्नु आजको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।
सामाजिक बिकास अधिकृत उर्मिला थपलियाले संञ्चालन गरेको कार्यक्रममा १४ वटै वडाका सहकारी सञ्चालक समिती,व्यवस्थापक सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस