धादिङ १७ कार्तिक
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रथम सल्यानटार महोत्सव उद्घाटन गरिएको छ ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीले उक्त कृषि प्रर्दशनी तथा व्यापार मेला आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवत आफू प्रधानमन्त्री नभई वा एमालेको सरकार नआई बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नबन्ने बताएका छन् ।
आफू प्रधानमन्त्री रहँदा बुढीगण्डकी निमार्णको काम अगाडी बढाएको तर आफू प्रधानमन्त्रीबाट हटेपछि काम रोकिएको बताउनुभयो । उहाँले आफु प्रधानमन्त्री हुँदा ५७ अर्व रुपैँया मुअब्जामा बाँडिएको छ,अझै बाड्न बाँकी छ । त्यो काम एमालेको सरकार आएपछि पुरा हुने समेत उहाँले बताउनुभयो । यस्तै त्रिपुरासुन्दरी पवित्र पर्यटकीय गन्तव्य भएको भन्दै धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलको विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
मेलाको आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई,जैबिक मल आदीको प्रदर्शनी, कृषि प्रर्दशनी गरिएको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत देखाईने उक्त मेलामा कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड दिने, स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने आयोजकले जनाएको छ ।
मेलाको उदघाट्न अघि स्थानीय समदायको जातिय पहिरन, झाँकी वाजागाजा, नृत्यहरु सहित प्रदर्शनी गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलहरुको सहभागीता रहेको थियो । आजदेखि सुरु भएको महोत्सव २७ गते समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस