धादिङ १७ कार्तिक
धादिङमा दुर्लभ जनावर शालक सहित एक महिला पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मदने भन्ने स्थानमा स्थानीय सरिता राउतको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले छाला सहित राउतलाई पक्राउ गरेको हो ।
लोपउन्मुख संकटपन्न वन्य जन्तु सालकको छाला लुकाई छिपाई राखेको छ भन्ने सुचनाको अधारमा प्रहरीले छापा मार्दा राउतको घरको माथिल्लो तलामा सिङ्गै छाला लुकाई छिपाई सुकाई राखेको अवस्थामा बरामद गरेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले बताउनुभयो ।
बरामद गरीएको छाला सहित राउतलाई थप कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस