धादिङ १७ कार्तिक
नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला धादिङको सदरमुकाम धादिङबेसीमा यहि कार्तिक १८ र १९ गते हुने भएको छ ।
भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने आयोजकले जनाएको छ । बिहिबार सदरमुका धादिङबेसी स्थित क्रिक रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको तमू विद्यार्थी छोज धीं धादिङका जिल्ला अध्यक्ष अनील तमूका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
कार्यक्रम उद्घाटन पूर्वको सांस्कृतिक झाँकि सहितको ¥याली, उद्घाटन सत्रको कार्यक्रम भेलामा सहभागीहरुका लागि खाना, खाजा, आवास सहित विविध सांस्कृतिक कार्यक्रम सहितको बन्द सत्रको कार्यक्रम तय गरिएको जानकारी दिएको छ । धादिङ जिल्लाको व्यवस्थापनमा गुरुङ समुदायको राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हो । कार्यक्रमको समुद्घाटन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण तमूले गर्नेछ ।
यस विद्यार्थी संगठनको मुख्य उदेश्य सम्पूर्ण विद्यार्थी संगठनहरुबीचको पारस्परीक सहयोग र सद्भाव, गुरुङ समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण संवद्र्धन गर्दै समग्र गुरुङ सदुदायको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र पहिचान सहितको अधिकार प्राप्तिको लागि संगठित भएको एक सामाजिक संगठन तमू विद्यार्थी संगठन हो ।
२०५२ सालमा स्थापना भएको संगठनले आजको मितिसम्म आफ्नो ११ औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो राष्ट्रिय भेलाले संगठनको विधि, विधान र नीति निर्माण तय गर्ने नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रिय अध्यक्ष विश्वराज गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो ।
त्यस कारण राष्ट्रिय पार्षद भेलालाई महत्वका साथ हेर्ने गरिन्छ । यस संठनको एक महाधिवेशन सम्पन्न भए पश्चात अर्काे महाधिवेशन आउनु पूर्व राष्ट्रिय पार्षद भेला गर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस