धादिङ १६ कार्तिक
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रिया टुंगो लगाउने दलबीच सहमति भइसकेको र हिउँदे अधिवेशनबाट विधेयक पारित गर्ने सहमति जुटेको जानकारी गराउनुभयो ।
प्रवक्ता सापकोटाले संक्रमणकालीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताउदै विश्वमाँझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको पनि बताउनुभयो । प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु बहुआयामिक महत्वको विषय भएको पनि बताउनुभयो ।
उहाँले महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढंगबाट र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पु¥याउन सहयोग पुग्ने धारण व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस