सम्झौता अबधी सकिदा पनि ३० प्रतिशत काम भएन
धादिङ ०८ कार्तिक
धादिङको मुलपानी र बुढाथुमलाई जोड्ने मन्पाङ खोलामा बन्दै गरेको मोटरेबल पुल अलपत्र परेको छ । हिरा एण्ड नमिता कम्पनीले २०७४ साल आषाढ मा ठेक्का पारेरे २ वर्षको अबधिमा सम्पन्न गर्नुपर्ने पुलको करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । धादिङका नन्दलाल श्रेष्ठको कम्पन्नीले पाएको उक्त ठेक्का खोलाको २ साइड वाल उठाउने बाहेक अरु काम हुन सकेको छैन । २०७६ साल आषाढ मसान्तमै ठेक्का सम्झौता सकिएता पनि विभिन्न बाहना बनाएर ठेकेदारले काम नगेरको स्थानीयको गुनासो छ । ठेकेदार श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनका सहयोगीले आफूसँग श्रेष्ठको सम्पर्क नम्बर नभएको भन्दै पन्छिन् खोजे ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले भने समयमै काम सम्पन्न नभएको स्वीकार गर्दै नियामानुसार कारबाही प्रकृया अगाडि बढेको बताए । सडक विभागको कुल ६ करोड १८ लाख बजेटको उक्त पुल निर्माण नहुदा मुलपानी, बुढाथुम लगायतका स्थानीयहरुलाई आवत जावत गर्न निकै कठिन भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सडक डिभिजन कार्यालय भरतपुरले उजुरी दिएमात्र कारबाही गर्न सकिने बताउँदै ठेकेदार श्रेष्ठलाई काम अगाडि बढाउन निर्देशन दिने बताउनु भयो । उक्त कम्पनीले धादिङका अन्य विभिन्न आयोजना पनि अलपत्र पारेकाले धरौटी रकम समेत जफत गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले बताउनु भयो । निर्वाचित जनप्रतिनिधिहरुले पनि उक्त पुल निर्माणमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस