धादिङ १४ कार्तिक
धादिङको गंगाजमुना गाउँपालिकामा टोल विकास समिति तथा उपभोक्ता समितिहरुको लागि योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजनामा मंगलबार वडा नम्बर ५ स्थित एक भव्य भेलाको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ,वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी,कार्यपालिका सदस्य भद्रकुमारी नेपाली,योजना शाखा अधिकृत,विभिन्न राजनैतिक दलका प्रतिनिधी,विभिन्न आयोजनाका उपभोक्ता समिती,टोल बिकास समितीहरुको सहभागीतामा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ को लागि विनियोजित बजेट कार्यक्रमलाई कार्यन्वयन गर्न आम उपभेक्तामा सहज होस भन्ने उद्धेश्यले गाउँपालिकाले नै टोल विकास समिति तथा उपभोक्ता समितिहरुको लागि योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन उहाँले बताउनुभयो ।
बिकास निर्माणका कार्ययोजनाहरु कार्यन्वयन गर्दा असहज हुने,अनियमित्तता देखिने,काममा ढिलासुस्ती हुने,ईस्टमेट बमोजिमको कार्यप्रगतीमा कमजोर देखिने हुँदा गाउँपालिकाले एउटा कार्यक्रम नै बनाएर पालिका भरिकै वडाहरुमा चरणबद्ध रुपमा उपभेक्त समितीहरुलाई प्रशिक्षण गरिने कार्यक्रम रहेको प्रवक्त अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस