धादिङ १४ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
वडा नम्बर १ को प्रकाश माध्यमिक विद्यालयको आयोजनामा यहि कार्तिक २६ गते देखि २७ गतेसम्म विद्यालयका पुर्व प्रधानध्यापक एवं विद्यालय व्यवस्थापन समिती अध्यक्ष समेत रहनुभएका स्वर्गीय प्रेम बहादुर तामाङको स्मृतिमा उक्त भलिवल प्रतियोगिता सम्पन्न हुन लागेको प्रकाश माध्यमिक विद्यालयका प्रधानध्यापक शंकर अधिकारीले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु.४५ हजार,द्धितियलाई रु.२५ हजार,तृतियलाई रु. १५ हजार र सान्त्वनालाई रु.नौ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने प्रधानध्यापक अधिकारीले बताउनुभयो ।
धादिङ जिल्ला भित्रका खेलाडी मात्र सहभागी हुन पाउने प्रतियोगितामा यहि कार्तिक २३ गते सम्म टिम दर्ता हुने छ । टिम दर्ताको लागि प्रत्येक सहभागी खेलाडीको नागरिकता वा जन्म दर्ताको फोटोकपी र पासपोर्ट साईजको फोटो एक प्रति अनिवार्य आवश्यक रहेको र टिम दर्ताको लागि शुल्क भने रु.३००० रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस