हर्क योन्जन तामाङ
धादिङ ४ कार्तिक
धादिङ जिल्ला खनियाबास गाउँपालिकामा वडा न.१,साबिक झर्लाङ गा.बि.स का बिश्वासीहरुले प्रभुको वचन ( सु–समाचार) सुनेको वा येशुलाई पाएको ४५ औ बर्ष पुगेको अवसरमा खनियाबास गाउँपालोका वडा न १ को जोङ खेल मैदानमा कार्तिक १३ गते झार्लाङमा सु-समाचरिय ४५औं बार्षिक उत्सब,झार्लाङ मण्डली इतिहास पुस्तक बिमोचन तथा पाष्टर अगुवा सम्मान कार्यक्रम हुने भएको छ ।
बि.स २०३४ सालमा झर्लाङकि छोरी फिलिक्च तामाङले गोर्खामा मजदुरी काम गर्ने सिलसिलामा प्रभुका दास पाष्टर काली बहादुर तामाङबाट सु–समाचार सुनी प्रभुलाई ग्रहण गरेको थियो । बि.स २०३५ सालमा मामा जोङ(शंकर)तामाङ गोर्खामा भन्जी लिन जाने सिलसिलामा उहाले पनि बिश्वास गरि मामा भन्जी सङ्गै झार्लाङ आएको थियो ।
उहाँबाट एकपछी अर्को गर्दै सु–समाचार फैलियो । झार्लाङका मानिसहरुले परमेश्वरमा बिश्वास गर्न थाले । परमेश्वरलाई पाउनुभन्दा अगाडि यहाँका मानिसहरुले कुल देउताको पुजा गर्दै आइरहेको थियो । जब कुनै ब्यक्ति बिरामी हुन्छ बिरामी निको हुने निहुमा वा बिरामीको नाम खसी बोकाहरु बालीको रूपमा चढाउने चलन रहेको थियो ।
जे चढाउदा पनि निको नभएपछी परमेश्वरमा बिश्वास गर्न थाले र बिरामी निको हुन थाले यसरी झार्लाङ्का मानिसहरुलाई प्रभुलाई पाइएको हो । प्रभुलाई पाएको ४५ औ बर्षको अवसरमा झार्लाङका युवाहरुको संयुक्त आयोजनामा बृहत कार्यक्रम गर्न लागेको छ ।
कार्तिक १३ गते हुन लागेको कार्यक्रममा प्रमुख बक्तको रूपमा रेभरेण्ड सिमोन पाण्डे आउने भएको छन । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्माकटेल,विशेष अतिथि संघीय सांसद रामनाथ अधिकारी ,बागमती प्रदेशका सांसद डम्बर तामाङ प्रमुख जिल्ला अधिकारी ( धादिङ ) बद्रीनाथ गैह्रे, पाष्टर काली बहादुर तामाङ रहेका छन ।
त्यस्तै अतिथि कलाकारको रूपमा चर्चित हास्यकलाकार सुलेमन संकर( इकु) स्थानीय कलाकारको रूपमा गायक अभय योन्जन तामाङ र फदर ख्रीष्ट तामाङ रहेका छ अतिथिहरुमा झार्लाङ मण्डली पाष्टरहरु, खनियाबास गाऊपालिका अध्यक्ष रण बहादुर तामाङ,उपाध्यक्ष सेक्केमान तामाङ , रुबिभ्याली गाउँपालिका अध्यक्ष राम सिङ तामाङ, उपाध्यक्ष फेलामा तामाङ साविक झार्लाङ गा.बि .स खनियाबास गा.पा वडा न १ र २ का वडाध्यक्षा सोनाम बहादुर तामाङ र अरुण कुमार पाख्रीन लगायतको उपस्थिति रहेको ,कार्यक्रम अध्यक्ष मनोज तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस