धादिङ ३० असोज
धादिङको न्यू धादिङ वोर्डिङ स्कुलले २०८० सालको बडा दशैँ शुभ–दिपावलीको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
मंगलबार विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि शुभकामना आदन प्रदान तथा विद्यार्थीलाई गृह कार्य प्रदान गरि मनाएको हो ।
विद्यालयका प्रिन्सिपल अभिषेक बसौलाले रेडियो बिहानीसंग कुरा गर्दै भन्नु भयो–‘हामीले विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को पावन अवसरमा सम्पुर्ण अभिभावक र नानीबाबुको परिवारमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवम् उत्तरोत्तर तथा शैक्षिक उन्नतिका लागि हार्दिक मंगलमय शुभकामना प्रदान गरि मनाएका थियौँ प्रिन्सिपल बसौलाले भन्नुभयो ।
भोली कार्तिक ०१ गते देखि मंसिर ४ गते सोमबार सम्मको लागि बिशेष पर्व बिदा दिएको छ । विद्यालयले विद्यार्थी र पठ्यपुस्तकबीच सामिप्यता कायम गर्ने उद्धेश्यले विद्यालयबाट दिइएका फेस्टिवल होमवर्क लाई नियमित रुपमा गर्न उत्प्रेरित गराईदिनु हुन समेत प्रिन्सिपल बसौलाले अनुरोध गर्नुभयो ।
विद्यालयले निम्न ३ बुँदाहरुद्धारा अभिभावक वर्गमा अनुरोध गरेको छन् ।
१. “हाम्रा अक्षर ,राम्रा अक्षर“ अभियानलाई सार्थकता बनाई राख्न आफ्ना नानीबाबुलाई नियमित रुपमा लेख्ने वातावरण सिर्जना गराइदिई पूर्ण सहयोग र रेखदेख गरिदिनु हुन पनि विनम्र अनुरोध गरिन्छ ।
२. पर्व विदाको समयमा आफ्ना र आफ्ना छिमेकीका नानीबाबुलाई खोला, नाला, पोखरी र सवारी साधन जस्ता संवेदनशील क्षेत्रबाट टाढै राखिदिनु हुन पनि अनुरोध गरिन्छ । साथै चकलेट, चिप्स जस्ता जंक फुडहरुबाट पनि टाढै राखिदिनु होला ।
३. पर्व विदाको समयमा आफ्ना नानीबाबुलाई समाज, समुदाय, धर्म, संस्कृति, संस्कार रीतिरिवाज, चाडपर्व आदि बुझ्न र बुझाउन पूर्णरुपमा घरायसी अन्तरक्रिया कार्यक्रममा सक्रिय रुपमा सहभागी गराइदिनुहुन पनि अनुरोध गरिन्छ । साथै नानीबाबुहरुको सकारात्मक भावनाको विकास र सकारात्मक सोच तर्फ उत्प्रेरित गर्ने खालको पुस्तक पढ्ने बानीको विकास र वातावरण पनि सिर्जना गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
प्रतिक्रिया दिनुहोस