धादिङ २९ असोज
मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिनुभयो । एडिबी सो आयोजनाको दातृ निकाय हो ।
मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस