धादिङ ०५ कार्तिक
धादिङबेसी मूल सडक किनारामा बन्दै गरेको फुटपाथ स्थानीयहरुका बिरोधका कारण अन्यौल बन्दै गएको छ । नीलकण्ठ नगरपालिकाको रु १ करोड बजेटमा सुरु गरिएको फुटपाथ निर्माणकार्य भने अत्यन्तै सुस्त गतिमा चलिराखेको छ । बजार क्षेत्रका टोल सुधार समितिले निर्माण कार्यको जिम्मा पाएता पनि निर्माण कार्यमा स्थानीय घरधनीहरुले बिरोध जनाएका छन् । मेयर भिम ढुङ्गानाले सस्तो लोकप्रियताका लागि विस्तृत अध्ययन बिना नै बजेट विनियोजन गरेकाले यो काम अलपत्र परेको स्थानीय बताउछन् । उपभोक्ता निर्माण गर्ने क्रममा आफूसँग कुनै सल्लाह नगरेको र प्रभावित घरधनिहरुसँग पनि कुनै सहकार्य नगरिएकोले निर्माण कार्य ढिलो भएको बताउनु हुन्छ नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी ।
मूल सडकको किनाराबाट ५÷५ फिट जमिन खाली गर्नुपर्ने भएपछि स्थानीयले उक्त सडकपेटी निर्माणमा अबरोध सिर्जना गरेको टोल सुधार समितिहरुले गुनासो गरेका छन् । सडकपेटी निर्माण कार्य राम्रो भएता पनि सम्बन्धित निकायले उपभोक्ताहरुसँग सहकार्य नगरिकन काम अगाडि बढाएको बिच बजार टोल सुधार समितिका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ बताउँछन् । बजार क्षेत्रका टोल सुधार समितिले निर्माण कार्यको जिम्मा पाएता पनि निर्माण कार्यमा स्थानीय घरधनीहरुले बिरोध जनाएका छन् । नगरपालिकाले राम्रो कामको थालनी गरेकाले विभिन्न बहाना बनाएर बिरोध गर्न नहुने सुगमटोल सुधार समितिका पूर्व सल्लाहकार प्रदिप अधिकारी बताउँछन् । धादिङबेसी सुगमटोलबाट गत श्रावणमै सुरु गरिएको निर्माण कार्य हालसम्म सय मिटर पनि पुरा भएको छैन । दैनिक जसो सडकमा यात्रा गर्ने पैदलयात्रीहरु विभिन्न खाले सडक दुर्घटनामा पर्ने गरेकाले फुटपाथ निर्माण कार्य सकारात्मक भएता पनि सबै सरोकारवालाहरुलाई समेटेर निर्माण कार्य अगाडि बढाउनुपर्ने देखिन्छ ।
अडियो रिपोर्टका लागि तल क्लिक गर्नुहोस् ।।।
प्रतिक्रिया दिनुहोस