धादिङ २३ असोज
धादिङको रुविभ्याली गाउँपालिको समन्वयमा परिचयत्मक तथा समन्वय वैठक सम्पन्न गरिएको छ ।
मंगलबार सदरमुकाम धादिङवेशीमा नारी संरक्षण केन्द्रको आयोजना तथा रुविभ्याली गाउँपालिकाको समन्वयमा एक कार्यक्रमको आयोजना गरि मानव बेचविखन,लैङिगक हिंसा,वालविवाह विरुद्ध तथा वाल अधिकारबारे सचेतना कार्यक्रम सम्बन्धी सरोकारवालासंग परिचयत्मक तथा समन्वय वैठक सम्पन्न गरिएको हो ।
नारी संरक्षण केन्द्रले गाउँपालिका भित्र महिला शसक्तिकरण,वालविवाहबारे सचेतना कार्यक्रम संञ्चालन गर्ने,मानव बेचविखन,लैङिगक हिंसा र वालअधिकारबारे कार्यक्रम संञ्चालन गर्ने नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा गुरुङले बताउनुभयो । अहिले रु ५ लाख बराबरको कार्यक्रम गर्ने र विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि वितरण गर्ने योजनामा रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामसिङ तामाङले निःस्वार्थ भावनाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय गरेर संबृद्ध रुविभ्याली गाउँपालिका बनाउने परिकल्पना रहेको बताउनुभयो । राजनैतिक रुपमा धेरैले टिकाटिप्पणी गरेपनि त्यसतर्फ आफ्नो ध्यान केन्द्रित नभएको बताउदै अध्यक्ष तामाङले सुन्दर रमणीय पर्यटकीय भूँमी रुविभ्यालीलाई जनताले सोचेजस्तो बिकास संबृद्धि र सुशासनको लक्ष्यमा पुराउन सबै राजनैतिक दल,बुद्धिजीवी वर्ग,शिक्षाप्रेमी,सरोकारवाला निकायलाई सहयोग र सहकार्यको आव्हान गर्नुभयो ।
उहाँले रुविभ्यालीमा अझैपनि रुढिवादी परम्परालाई विश्वास गर्ने,धार्मिक द्धन्द फैलाउन प्रेरित गर्ने,वालविवाह,लैङिगक हिंसा,वालधिकार र मानव बेचविखन जस्ता समाजका कुकर्मलाई नारी संरक्षण केन्द्रको कार्यक्रमले थप सुधार हुने बताउनुभयो । गाउँपालिकाले सीप तथा क्षमता बिकास,महिला ससक्तिकरण र दलित समूदायको क्षमता बिकासमा बजेट राखेर नै लक्षितवर्ग कार्यक्रम गर्ने अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।
त्यसतै गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले रुविभ्याली गाउँपालिकामा परम्परागत राज्यसत्ताको व्यवहार अझैपनि रहेको र सुशासनलाई असफल बनाउने कुचेष्टा बारम्बर दोहोरिएको हुँदा त्यसप्रति रुविभ्याली गाउँपालिकाको जनता सचेत हुनुपर्ने बताउनुभयो । सामाजिक सचेतनाका कार्यक्रमले समुन्नत समाज निर्माणमा योगदान पुग्ने बताउनुभयो ।
उहाँले न्यायिक समितीको जिम्मेवारीमा काम गर्दैगर्दा समाजमा लैङिगक हिंसा,वालविवाह,वालश्रम शोषण देखिएको बताउदै गाउँपालिकाको समन्वयमा नारी संरक्षण केन्द्रले विभिन्न कार्यक्रम मार्फत थप सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो ।
नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा गुरुङको अध्यक्षता रुविभ्याली गाउँपालिका प्रमुख रामसिङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ गैर सरकारी संस्थाका अध्यक्ष शालिग्राम दुवाडी,वडा अध्यक्ष,कार्यपालिका सदस्य,नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक जेरोम घले,विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधी एव् राजनैतिक दलका प्रतिनिधी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस