धादिङ ०५ कार्तिक
धादिङबेसीमा बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् । नेत्रावती डबजोङ गाउँ पालिका सेमजोङबाट काठमाडौँ जाँदै गरेको ग १ ख ७६२३ नम्बरको धादिङ यातायातको बसले ठक्कर दिदा साविकको कटुञ्जे गाविसका वर्ष ७ का सञ्जय तामाङको बाया खुट्टामा गम्भीर चोट लागेको छ । गम्भीर घाइते तामाङलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा घाइते तामाङको बाया खुट्टा काट्नुपर्ने हुनसक्ने जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् । दुर्घटना गराउने बस र चालक नुवाकोट मेगाङ ६ का २९ वर्षीय राजु शाक्य जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस