धादिङ २१ असोज
धादिङको नीलकण्ठ नगरपालिकाद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
आईतबार जिल्ला समन्वयको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिकाबाट भएको सेवा प्रवाह बजेट र गुनासोका बिषयमा प्रस्नोतर तथा जवाफदेहीताबारे सर्वाजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
यसतै जिल्ला प्रहरी कार्यालय धादिङले पनि नीलकण्ठ नगरपालिकासंग सहकार्य गरि नागरिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाले गरेका सेवा प्रवाह,बजेट बिकास निर्माण,शिक्षा स्वास्थ्य खानेपानी सडक पुर्वाधार,विद्युत,जग्गा वर्गीकरण,सरसफाई,बाटोघाटो,पुल निर्माण सार्वजानिक पर्यटकीय स्थलको बारेमा नगरवासीले नगर सरकार समक्ष प्रश्न जिज्ञास र सुझाव राखेका थिए । सबै नगरवासीको सल्हासुझाव अनुसार सेवा प्रवाहमा थप सुधार,बिकास निर्माणमा तदारुक्ता देखाएर काम गर्ने नगरकार्यपालिकाले प्रतिबद्धता जनाएको छ ।
यस्तै जिल्ला सुरक्षा संयन्त्रको विषयमा र चाडपर्व लक्षित बजार अनुगमन नागरिक तथा समूदाय सुरक्षा र प्रशासनसंग सम्बन्धीत विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालय प्रमुखसंग प्रश्न जिज्ञास र सुझाव राखेका थिए । नागरिकको सबैखाले सल्हासुझावलाई ध्यानकर्षण भएको जनाउदै प्रमुख जिल्ला अधिकारीले समन्वय सहकार्य र सहअस्तित्वमा जिल्ला प्रशासन कार्यलय सधैँ तयार रहेको स्पष्ट पार्नुभयो ।
पत्रकार नवराज छत्कुलीले सहजीकरण गरिएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्ष्यता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,नगरउपप्रमुख दिपक विश्वकर्म,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी)गौतम मिश्र,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी,विभिन्न राजनैतिक दलका नगर प्रतिनिधी,पत्रकार,संघसंस्थाका प्रतिनिधीहरु लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस