धादिङ २० असोज
धादिङमा आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्थाद्वारा सञ्चालित सोलुसन एग्रो लाइभ कम्पनी प्रा.ली को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि संस्थाको आर्थिक वर्ष २०७९÷०८० को प्रगती प्रतिवेदन र आगामि वर्षका लक्ष्यहरु प्रस्तुत गरिनुका साथै ओ.जे.टि का लागि आएका चितवन भरतपूर स्थित कान्तिपुर बहुमुखी क्याम्पसमा अध्ययनरत ३ विद्यार्थी लाई स्वागत समेत गरिएको थियो ।
नीलकण्ठ नगर पालिकाको नगरप्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि नगर प्रमुख ढुङ्गानाले अहिलेको वर्तमान समाज को परिस्थितिले युवापुस्तालाई देशमा बसेर केहि हुदैन भन्ने किसिमको मनस्थिति पू¥याएको र यसै कारणले देशमा जनशक्तिको कमि भएको बताउनु भयो ।
उहाले संस्थालाई सुभकामना व्यक्त गर्दै यस संस्थावाट स्वस्थ र अर्गानिक तरकारी वस्तु उत्पादन गर्न सके बजार बजार व्यवस्थापन गर्न सहज हुने र आफुले पनि त्यस कार्यमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमको अवसरमा सोलुसन एग्रो लाईभ कम्पनीका व्यवस्थापक विष्णु कुमार श्रेष्ठ द्वारा वार्षिक प्रगति प्रतिवेदन र रेशम कुमार श्रेष्ठद्वारा वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनका अनुसार २०८० असार मसान्त सम्म सहकारीको जम्मा सेयर सदस्य २७ रहेको यस कम्पनीको कुल अधिअृत पुजि १,००,००,००० रहेको छ भने कवोल चुक्ता पुजि ४०,००,००० रहेको छ ।
त्यसैगरि कम्पनि (सहकारी)ले गरेका गतिविधिहरुमा खुल्ला जमिनमा थोपा सिंचाई जडान, खुल्ला जमिनमा मल्चिङ प्लाष्टिकको प्रयोग, टनेल निर्माण प्रक्रिया, आवास गृह कार्यलय तथा गोदाम घर निर्माण प्रक्रिया, पानी ट्याङ्की तथा पाईप लाईन निर्माण प्रक्रिया, ढुवानीको साधान व्यवस्था, मेसिन तथा औजारहरु रहेका छन् ।
त्यसैगरि कम्पनी (सहकारी)ले गरेका उत्पादनहरुमा खरबुजा ११९४ के.जी.रु ४७२४५ बराबरको, सिमसन, घिरौला ३९१८ के.जी रु १४५३६५ बराबरको,, काका्रे १६७६ के.जी .रु ६७४६५ बराबरको, गोलभेडा १२७८१ के.जी.रुः ४४५०२७ बराबरको, करेला ४४९ के.जी रु.२८११५ बराबरको, लौका ७३५ के.जी रु. २७४६५ बराबरको, मुला ८६ के.जी रु २५७० बराबरको, फर्सि २९६ के.जी रु ८४२५ बराबरको, रहेका छन् । भने यसै क्रममा च्याउ खेति गर्ने , गाई पालन गर्ने, र हाईटेक ग्रिनहाउस निर्माण गर्ने भावी योजना बनाएको छ ।
कार्यक्रमकै अवसर पारेर कम्पनिमा लगानी गर्ने सम्पूर्ण सेयर सदस्य हरुलाई लगानीको १० प्रतिशत लाभांस वितरण गरिएको थियो । विशेष अतिथि प्रकाश कुमार श्रेष्ठले सहकारीको लगानीमा वृद्धि अझ बढि र विस्तृत रूपमा अगाडी बढाउने बताउदै विक्रि प्रणालीमा पनि परिवर्तन लेराउने वताउनु भयो ।
कार्यक्रममा उपस्थित सवैले नेपालको कृषि क्षेत्रलाई अझै वढि विस्तार गर्नका लागि यस संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेको र यसलाई अझै बढि व्यवस्थित ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिमप्रसाद दुङ्गाना निलकण्ठ नगरपालिका वडा नंम्बर र का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पूर्व वडा अध्यक्ष गुण बहादुर थपलिया, संस्थाको अध्यक्ष जितनारायण श्रेष्ठ, निलकण्ठ नगरपालिकाको श्रोत व्यक्ति मेघनाथ कोइराला, हेमराज श्रेष्ठ, दुर्गा अधिकारी, विष्णुहारी लम्साल, लागायत अन्य संघ संस्थाका प्रतिनिधि ,कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस