धादिङ ०४ कार्तिक
नीलकण्ठ नगरपालिकाको सडक खण्ड दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । विकास निर्माण कार्यले गति लिन नसक्दा नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीको सडक खण्ड जीर्ण बन्दै गएको हो । नीलकण्ठ नगरपालिकाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिका र नीलकण्ठ बहुमूखी क्याम्पस जाने बाटो ठाउँ ठाउँमा कालो पत्रे उप्केको छ । पक्की सडक खण्डमा खाल्टा खुल्टी र पीच भत्केका कारण सवारी साधन आवात जावतमा निकै समस्या हुने गरेको सवारी चालकहरुले बताएका छन् ।
नीलकण्ठ नगरपालिका जाने बाटोमा यस्तो समस्या देिखए पनि नगर प्रमुख भने मौन रहेका छन् । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगाना दैनिक सोही सडक खण्ड हुँदै कार्यालय प्रवेश गरेता पनि सडक मर्मतको लागि भने कुनै चासो देखाएको पाइएको छैन । सडक बोर्ड काठमाडाँैले धादिङबेसी सडक खण्ड मर्मतको लागि ७ करोडमा २ पटक टेण्डर खुलाएको थियो । २ पटक सम्म कुनै पनि टेण्डर नपरेपछि अहिले तेस्रो पटक सडक बोर्ड काठमाडाँैले टेण्डर खुलाएको नीलकण्ठ नगरपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस