धादिङ १८ असोज
धादिङमा जिल्लाभरीका बिकासका कार्ययोजनाहरुको बार्षिक समीक्षा कार्यक्रम उद्घाटन भएको छ ।
विहीबार जिल्ला समन्वय समिती धादिङको आयोजनामा संघीय प्रादेशिक तथा स्थानीय तहरुको आर्थिक वर्ष २०७९–०८० को कार्यप्रगतीबारे बार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।
उद्घाटन सत्रमा आफ्नो भनाईहरु राख्दै प्रतिनीधीसभा सदस्य रामनाथ अधिकारीले दुरदराजमा रहेका सम्पुर्ण भूगोललाई समेटेर बिकास गर्न आफु लागिरहेको बताउनुभयो । –’स्थानीय तहको बिकासको कुरा गर्दा जिल्लामा विभिन्न संघीय तहका कार्यालय,प्रादेशिक कार्यालय सदरमुकाम केन्द्रित रहेको छ,यसले जनतालाई सहज रुपमा सेवाप्रवाह दिन सकिरहेको छ त ? यस्मा सबैको ध्यान जान जरुरी छ‘–उहाले भन्नुभयो ।
यसतै प्रतिनिधीसभा सदस्य डिपी अर्यालले बार्षिक कार्यसमीक्षाले जिल्लाको बिकासको लागि महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।‘–समीक्षा गर्दा निर्मम भएर गरौँ त्रुटि र कमी कम्जोरीलाई लुकाएर क्षणिक आनन्द लिनुभन्दा आपसी छलफलबाट आगमी दिनमा नदोर्याउन बुद्धिमान ठहरिनेछ प्रतिनिधीसभा सदस्य अर्यालले भन्नुभयो ’– ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि शालिकराम जमरकटेलले समूदायमा आधारित उत्पादनका मोडेल बनाएर निजी क्षेत्र,विभिन्न संघसंस्था र स्थानीयतहसंगको समन्वय सहकार्यमा बहु आयमिक र बहुबर्षे योजनाको सुरुवात गर्ने बताउनुभयो । उहाँले टुक्रे योजनाले थाईत्व नहुने भएकाले बागमती प्रदेश सरकारले मुख्य रुपमा निती नै बनाएर अगाडी बढिरहेको बताउनुभयो । राजनैतिक रुपमा कुनै किसिमको आग्रह पुर्वाग्रह नराखेर,बिकासको र संबृद्धिको लागि सबैपक्ष लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री जमरकटेलले स्थानीय तहमा भए गरेका कर्मचारीको अभावमा पनि बागमती सरकारले मोडालिटी तयार बनाएर सिस्टमेटिक तवरले जनशक्ति उत्पादन गरिहेको बताउनुभयो । बार्षिक समीक्षाले धादिङको बिकास निर्माणको पक्षमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बिकासका योजना छनौँट कार्यहरुमा प्रदेश, केन्द्र सरकारले स्थानीय तहसंग समन्वय नै नगरि हचुवाको भरमा बजेट स्वीकृती गर्दा डुब्लीकेशन भएको ह्ँदा समन्वय सहकार्य गर्न आवश्यक रहेको निर्वाचित स्थानीय तहका जनप्रनिधीहरुको भनाई थियो ।
जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी क्षेत्रीको अध्यक्षता बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रतिनीधीसभाका सदस्य रामनाथ अधिकारी,डिपी अर्याल,बागमति प्रदेश सदस्य मायादेवी शर्मा लगायतको १३ वटै स्थानीय तहहरुका अध्यक्ष उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी,सरक्षा निकाय,प्रमुख प्रशासकीय अधिकृत,शाखागत प्रमुखहरुको उपस्थिती रहेको थियो ।
विहीबारबाट सुरु भएको समीक्षा भोली शुक्रबार समापन हुने जिल्ला समन्वय समिती धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस