धादिङ ०३ कार्तिक
स्वस्थ्य र सामाजिक सुरक्षामा अपाङगता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना अन्तर्गत अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको सवालमा सरोकारवालाहरुबीच समन्वय सम्बन्धी १ दिने विचार गोष्ठी आईतबार धादिङबेसीमा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका तथा गाउँपालिकामा भएका अपाङगता महिलाहरुको समस्या समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । नीलकण्ठ नगरपालिकाका उपप्रममुख मनराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा अपाङ्गता कल्याण संघका गुणराज खतिवडा, अपाङ्गता कल्याण संघका महासचिव गोविन्द्र खनाल, विभिन्न नगरपालिका तथा गाउँपालिकाका अपाङगता भएका महिलाहरुको सहभागिता रहेको थियो । यसै गरी नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले अपाङगता भएका महिला तथा बालबालिकाहरुको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस