धादिङ १५ असोज
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
आईतबार ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाद्धारा ७ वटै वडाका ३ सय ५० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । “सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पुरा गरौँ” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको हो ।
सम्बन्धीत वडाका वडा अध्यक्ष को सभापतित्व,गाउँपालिका उपाध्यक्ष देवराज धरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुदै उपाध्यक्ष धरेलले–‘ज्येष्ठ नागरिकहरुले देशप्रति पराउनुभएको योगदान,ठुलाठुला परिवर्तनका क्रान्तिहरुमा गरेको साथ र सहयोग यी आमाहरु,बाहरुले गरेको छ,पालिका सरकारले सम्मान मात्र नभएर थप व्यवस्थित गर्ने कुरामा ध्यान केन्द्रित रहेको छ’ उहाँले भन्नुभयो । उपाध्यक्ष धरेलले आफ्नो जीवनकालमा संगालेका ज्ञान,सीप र अनुभव युवा पुस्तालाई मार्गदर्शन हुने भन्दै सदैब सम्मान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख मिना देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । ‘– नेपालको संविधान प्रद्धत्त कानुन वमोजिम ज्येष्ठ नागरिकलाई गर्नु पर्ने सम्मान सहयोग यस गाउँपालिकाले पनि बजेट छुट्याएर गर्ने भएको छ,पालिकाको आर्थिक वर्ष २०८०–०८१ को वैङक खाता संचालन नभएको हुँदा सामान्य खाजा र खादा अर्पण गरि सम्मान गरिएको छ । दशै तिहार पछाडि घरदैलोमा गएर केहि न्यानो कपडा,स्वास्थ्य उपचार सेवा गर्ने छ, उहाँले भन्नुभयो‘– ।
प्रत्येक वडाका जेष्ठ नागरिकहरुहरुलाई टिका र खादाद्धारा सम्मान गर्नुभएको थियो । गाउँपालिकाबाट पाएको सम्मानबाट खुशी भएको छु थप सेवा सुविधा दिन आवश्यक छ वडा नम्बर २ का ज्येष्ठ नागरिक खिलमान कुमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस