धादिङ १३ असोज
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा बृहत सरसफाई तथा गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
शनिबार नेकपा माओवादी केन्द्र निकट नेता तथा कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्रको देशव्यापी अभियान जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई लिएर जनजनमा माओवादी घरघरमा माओवादी नारासाथ जनपक्षीय सामाजिक कार्य गरेको हो ।
गाउँपालिकाको वडा नम्बर १ को बोराङ गाउँमा गोरेटो बाटो सिंडी निर्माण तथा वडा नम्बर २ को मार्पाक पोखरा आधारभुत विद्यालय वरिपरी सरसफाई सञ्चालन गरिएको पार्टी वडा अध्यक्ष रमेश तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
रेडियो बिहानीसंग बोल्दै १ नम्बर वडा ईन्चार्ज गणेश अधिकारीले ‘– पार्टीको विशेष अभियानले जनतामाझ जाँदा नेता कार्यहरुभन्दा जनता हर्षित भएको महसुस गरेँ,पार्टीको सबै नेतृत्व तहले सामान्य भन्दा सामान्य जनताका माग तथा समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने हो भने नेत्रावती माओवादीमय हुन्छ,ईन्चार्ज अधिकारी बताउनुहुन्छ ‘– ।
त्यस्तै गाउँपालिकाको ५ वटै वडाहरुमा अभियान सञ्चालन भैरहेको छ,यसलाई ३ महिना मात्र नभै निरन्तर अभियान सञ्चान गरिने गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो ।
गाउँपालिका पार्टी ईन्चार्ज उर्मिला तामाङले‘–पार्टीको दिएको जिम्मेवारी पालना गर्दै म धादिङको धुनीवेशीमा केन्द्रित छु पार्टीको सर्कुलरमा जारी भएको कार्य गर्न सल्हासुझाव दिएको छु,समन्वयकारी भुमिकामा अपडेट भैरहेको छु ,ईन्चार्ज तामाङले भन्नुभयो ’– ।
प्रतिक्रिया दिनुहोस