धादिङ १३ असोज
नेपाल उद्योग व्यापार महासंघ नीलकण्ठ नगरपालिका धादिङको बृहत भेला सम्पन्न भएको छ ।
शनिबार सदरमुकाम धादिङवेशीको पार्टी कार्यालयमा एक भव्य भेलाको आयोजना गरि लोक प्रसाद सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरिएको हो । जसको उपाध्यक्षमा लोक बहादुर सुनार,सचिवमा सागर नेपाल,सह–सचिवमा सुजता श्रेष्ठ,कोषाध्यक्षमा रविन्द्र रिजाल,सह–कोषाध्यक्षमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएको छ ।
यसैगरि कार्यसमिती सदस्यहरुमा व्यवसायीहरु प्रकाश परियार,राजेश्वर थापा,सुनिल बहादुर तामाङ,नवराज रिजाल,सूर्य कुमार सेन्चुरी,सूर्य बहादुर तामाङ,सुदिप सापकोटा,सल्हाकार समितीको संयोजकमा सुरेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएको हो ।
नेपाल उद्योग व्यापार महासंघ धादिङको अध्यक्ष दिपक कँडेलको अध्यक्षता,पार्टी केन्द्रिय सदस्य अप्सरा सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा,बागमती प्रदेश कोषाध्यक्ष संगीता भट्टराई,प्रदेश सचिवलय सदस्य दिपक विश्वकर्म,नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय सदस्य रुद्र बहादुर खत्री,जिल्ला सदस्य घनश्याम पाण्डे,माओवादी केन्द्र नीलकण्ठ नगर उपाध्यक्ष अमृत तामाङ,बद्रि प्रसाद सुवेदी,लगायतको पार्टी नेता तथा कार्यकर्ता,उद्योगी व्यवसायी,जवस मोर्चाको प्रमुख तथा प्रतिनिधीको उस्थितीमा सम्पन्न भएको हो ।
देशभर नेकपा माओवादी केन्द्रले‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’घरघरमा माओवादी जनजनमा माओवादी नारालाई उत्सवको रुपमा देशव्यापी जनपक्षीय काम गर्दै संगठन विस्तार तथा पार्टी सुढृढीकरण अभियान संञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस