धादिङ ०२ कार्तिक
जिल्ला प्रहरी कार्यालय धादिङले ८ महिना देखि हराई रहेको १ सय ५० सि.सि.को होण्डा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी हराई रहेको बा ९६ प ५७ नम्बरको १ सय ५० सि.सि.को होण्डा कम्पनीको मोटरसाइकल फेला पारी सम्बन्धित व्यत्तिलाई जिम्मा लगाएको हो । रुबिभ्याली गाउँपालिका वडा न. ३ घर भई हाल काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं ७ मा बस्ने नारायण तामाङको मोटरसाइकल २०७५/०९/२९ गते पार्किङ गरेको ठाउँबाट हराएको भनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडाँैमा २०७५/०९/३० गते निवेदन दिनु भएको थियो । उक्त निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङको मातहतमा प्रहरी चौकी टोड्केबाट खटिएको एक प्रहरी गस्ती टोलीले २०७६/०५/०८ चेक जाँचको क्रममा नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ स्थित चरङ्गेमा बेवारिसे अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस