धादिङ १२ असोज
नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको ज्यान गएको हो ।
उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा ज्यानगएको हो । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस