धादिङ ११ असोज
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ स्थित निमार्चोक आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
विहीबार एक कार्यक्रमको आयोजना गरि समाजसेवी,दिव्यदर्शन टेलिभिजनका प्रवन्ध निर्देशक उत्तम कुमार अधिकारी र उहाँको धर्मपत्नी लक्ष्मी अधिकारीको आर्थिक सहयोगमा ८५ जना विद्यार्थीहरुलाई निशुल्क ट्रयाक सुट र भेष्ट सहितको न्यानो विद्यालय पोषाक वितरण गरिएको हो । अधिकारीले ‘–नियमित रुपमा विद्यालय उपस्थित हुनुपर्छ भन्ने कुरा मानसिकतामा आओस र स्कुल ड्रेस नभएकै कारण विद्यालय जान अहिलेको नानीबाबुहरु बन्चित नहोस भन्ने उद्धेश्यले प्रोत्साहन स्वरुप स्कुल ड्रेस वितरण गरिएको हो,यस्मा कुनै स्वार्थ छैन उहाँले भन्नुभयो’– ।
त्यस्तै गुणस्तरीय शिक्षा बिकासमा जोड दिई स्थानीय सरकारले प्राथमिकतामा राखेर कार्यसञ्चालन गर्नु आवश्यक रहेको नेकपा माओवादी केन्द्र नेता केशरी प्रसाद पन्तले बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानध्यापक युवराज पन्तले विद्यालयलाई गरेको सहयोगप्रति सबै अभिभावक विद्यार्थीको तर्फबाट लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुराउदै आउनुभएको अधिकारी दाम्पत्यलाई धन्यवाद दिनुभयो ।
उहाँहरुले आफनो स्वर्गिय मातापिताको नाममा चन्द्र बहादुर बुनादेवी अक्षयकोष स्थापना गरी बिभिन्न विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक तथा आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष ठाकुर गुरुङ,विद्यालय व्यवस्थापन समिती अध्यक्ष,प्रधानध्यापक युवराज पन्त,नेकपा माओवादी केन्द्र नेता केशरी प्रसाद पन्त लगायतका उपस्थितीमा समाजसेवी अधिकारी दाम्पत्यले विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस