धादिङ ८ असोज
धादिङको खनियाबास गाउँपालिकामा ८० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल निर्माण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सोमबार गाउँपालिकाले एक सुचना जारी गर्दै उक्त निर्णय लिएको हो । गाउँपालिकाले सुचना मार्फत पलिकामा दर्ताभएका ईच्छुक कृषक समुह/फर्म/सहकारी तथा व्यवसायिक कृषकहरुले आफुलाई आवश्यक पर्ने प्लाष्टिक टनेलको परिणाम खुलाई १५ दिन भित्र आवश्यक कागजातहरु सहित कार्यलयको कृषि विकास शाखामा पेस गर्नका लागि समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस