धादिङ ८ असोज
चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौंको त्रिपुरेश्वर स्थित कभर्ड हलमा असोज ६ देखि ७ गतेसम्म भएको चौथो खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङलाई २ स्वर्ण सहित १६ मेडल प्राप्त भएको छ ।
भारत र भुटान जस्ता देशसंग भएको प्रतिस्पर्धामा धादिङले २ स्वर्ण, ४ रजत र १० कास्य सहित १६ जनाले पदक प्राप्त गरेको हो ।
प्रतियोगितामा ४१ किलो तर्फ नवीन तामाङ र ३० किलो तर्फ जेनिसा थापा मगरले स्वर्ण जितेका छन् ।
त्यसैगरी ५३ किलो तर्फ सुस्मिता महत्व, २८ किलो तर्फ प्रयास गिरी ,४८ किलो तर्फ उमा तामाङ र पुम्से तर्फ अञ्जना तामाङले रजत जितेका छन् भने ४१ किलो तर्फ करण घले, २७ किलो तर्फ विनिसा श्रेष्ठ र विज्ञा श्रेष्ठ, ४५ किलो तर्फ शुभ श्रेष्ठ, ३१ किलो तर्फ ओसन गुरुङ, २७ किलो तर्फ दीप सागर राना मगर,६३ किलो तर्फ पासाङ तामाङ , पुम्से तर्फ सारिका बराइली,एलिस तामाङ र कामना गुरुङले कास्य पदक प्राप्त गरेका छन् ।
भारत र भुटान जस्ता देश सहभागी भएको उक्त प्रतियोगितामा धादिङबाट ५० जना भन्दा बढी खेलाडीहरुले भाग लिएका थिए ।
प्रतिक्रिया दिनुहोस