धादिङ ३० असोज
लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ स्थित इलाका प्रहरी कार्यालय सल्यानटारमा बिहिबार सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा लैङ्गिक हिंसा तथा घरेलु हिंसा अन्त्य गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिकामा महिला हिंसा अन्त्य गर्न प्रहरी गस्तीको आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङ र लैङ्गिक हिंसा न्युनीकरण जिल्ला समन्वय समिति धादिङको संयुक्त आयोजनामा भएको लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । पछिल्लो समयमा त्रिपुरासुन्दरी गाउँपालिकामा चोरी, डकैती जस्ता अपराधजन्य क्रियाकलापहरु दिन प्रतिदिन बढ्दै गैरहेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रहरी उपरीक्षक राजकुमार बैदवारले त्रिपुरा सुन्दरी गाउँपालिकामा सडक बत्ती र चोक चोकमा सि.सि क्यामेरा राख्न गाउँपालिका समक्ष आग्रह गर्नु भएको छ । आर्थिक बर्षको ३ महिनामा त्रिपुरासुन्दरी गाउँपालिकामा ४३ जनामा महिला हिंसा सम्बन्धी घटना जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको छ ।
महिला हिंसा तथा सुर्ती जन्य पदार्थको अन्त्य गर्न गाउँपािलकाले सचेतनामुलक कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको स्थानियबासी शुसिला श्रेष्ठले बताउनु भयो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष प्रमुख शम्भु कुमार थापाको अध्यक्षता रहेको थियो भने प्रहरी उपरीक्षक राजकुमार बैदवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवी कुमारी बुर्लाकोटी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, त्रिपुरासुन्दरी गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस