धादिङ ०७ असोज
धादिङमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सदरमुकाम धादिङवेशीमा एक कार्यक्रमको आयोजना गरि ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को जगमा टेकेर ‘जनतासंग तामाङ मोर्चा विशेष रुपान्तरण अभियान संञ्चालनको लागि आगमी योजना,लक्ष्य,उद्धेश्यको बारेमा बृहत छलफल भएको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका एक नेताले बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय समिती सदस्य परशुराम तामाङको प्रमुख आतिथि,जिल्ला संयोजक मनराज भण्डारी, सोम्बोले(अक्कल)तामाङ, रुविभ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ, खनियावास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला भरिका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’घरघरमा माओवादी जनजनमा माओवादी नारासाथ यत्तिवेला माओवादी नेताहरु देशभर जनताको घरघरमा केन्द्रित बनेका छन् । गत भाद्र १६ गते देशभर उद्घाटन भएको यो अभियान मंसिर १५ मा विधीगत रुपमा समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस