धादिङ ०६ असोज
धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सी ले अमेरिकी सहयता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) विरुद्धमा मार्चपास गरिएको छ । सदरमुकाम धादिङवेशीमा बृहत जनप्रदर्शन गरि एमसी राष्ट्रघात हो,गो व्याक अमेरिका जस्ता नारा लगाएका थिए ।
धादिङवेशीको बजार परिक्रमा गरि कोणसभामा परिणत भएको कार्यक्रममा नेकपा सी को केन्द्रिय पोलिटव्यूरो सदस्य तथा जनप्रिय गायक माईला लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभालाई सम्बोेधन गर्दै माईला लामाले एमसीसी राष्ट्रघाती सम्झौँता भएकाले यसलाई कार्यन्वयनको चरणमा नपुग्दै सबै नेपाली जनसमूदाय आफ्नो सार्वभौम रक्षाको लागि उठन तयार रहनुपर्ने बताउनुभयो ।
धादिङलाई स्मरण गर्दै लामाले गौरवपुर्ण ईतिहास बोकेको जिल्लाले नेपालका सामान्तवादको परास्त गरि संघीय गणतन्त्र नेपालको स्थापना गर्न धादिङको जनता,धादिङको माटो र भूमीले अवीस्मरणीय योगदान दिलाएको स्मरण गर्दै सधै आफुलाई परिवर्तनको पक्षमा उभाएको जिल्ला यो पटक राष्ट्रघाती सम्झौँता र कार्यन्वयनलाई परास्त गर्न आव्हान गर्नुभयो ।
एमसीसीले संसारको विभिन्न देशहरुका नागरिकलाई आफ्नो देशमा सबै अधिकारबाट बन्चित गरेको बताउनुभयो । जल जमिन जंगल र भूमी सहितको अस्तित्व बचाउन एकजुट भै राष्ट्रघाती सम्झौँता खारेज गर्न लाग्नुपर्ने भन्दै सबै सचेत नेपाली जनसमूदायलाई आग्रह गर्नुभयो ।
गीतसंगीतको माध्यमबाट सचेत सन्देश र मनोरन्जन दिएको सभामा केन्द्र प्रदेश र विभिन्न जिल्ला ईन्चार्ज कमाण्डरहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस