धादिङ ०६ असोज
नेपाल नेत्रज्योति संघ जिल्ला कार्यसमिती धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि ध्रुव बहादुर थापाको सभापतित्वमा १३ सदस्यीय समिती चयन भएको छ । जस्को उपाध्यक्षमा मुक्ति कला लामिछाने,सचिव डा.मुरारी अधिकारी,सहसचिव कृष्ण लम्साल,कोषध्यक्ष सुम्निमा श्रेष्ठ र सह कोषध्यक्षमा पोषनाथ अधिकारी चयन भएको छ ।
त्यस्तै सदस्यहरुमा नवराज छत्कुली,राजाराम शर्मा,रामकुमार श्रेष्ठ,रमिला खतिवडा,नरेन्द्र भट्ट,शिव सिलवाल,नवराज तिमल्सिना रहेको छ भने कार्य समितीबाट मनोनित सदस्यहरुमा भोज बहादुर रेग्मी,रोशन कुमार सिलवाल,भिम प्रसाद भट्ट चयन भएको हो ।
जिल्ला संयोजक ध्रुव बहादुर थापाको सभाध्यक्ष,प्रतिनिधी सभा सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय प्रतिनिधी,बागमती प्रदेशका प्रतिनिधी,त्रिपुरा सुन्दरी गाउपालिका अध्यक्ष राजु उप्रेती,ज्वालामुखी गाउपालिका अध्यक्ष यमनाथ दनै,नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्म लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस