धादिङ ०६ असोज
धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार ४४ औँ सामाजिक सेवा दिवसको अवसरपारी रोटरी क्लव अफ धादिङको आयोजना,नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजना र लायन्स क्लव अफ काठमाण्डौँ ब्लड सर्कल समूहको सहकार्यमा सञ्चालन भएको हो ।
सदरमुकाम धादिङवेशीको जिल्ला अस्पतालको प्राङगणमा भएको रक्तदान कार्यक्रममा ९२ पुरुष २७ महिला गरि ११९ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रोटरी क्लव अफ धादिङले विभिन्न समयमा सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेको रोटरी क्लव अफ धादिङका अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस