धादिङ ०५ असोज
धादिङमा चाईनिज पेन्गुलिङ प्रजातिको सालक भेटिएको छ ।
शुक्रबार नीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानीगाउँ स्थित भेटिएको युवा व्यवसायी राधाकृष्णा भण्डारीले बताउनुभयो ।‘बिहान मर्निङ वाकमा जादैँ थिए सडकको कुनामा बसिरहेको अवस्थमा भेटेँ र यसलाई सुरक्षित स्थानमा राख्नुपर्छ भनेर डिभिजन वन कार्यालयमा बुझाउन ल्याएको हुँ उहाँले भन्नुभयो’’ ।
२ फिट २ ईन्च लम्बाई,१६ ईन्च मोटाई रहेको सालक २ किलो ३०० ग्रामको कालो वर्ण,भाले प्रजातिको रहेको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताउनुभयो । यसलाई सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित नलाङ ठुलो सामूदायिक वन क्षेत्रमा छोडिने निर्णय गरिएको मानन्धरले बताउनुभयो ।‘नेपालको संरक्षित स्तानधारी जनवारमा पर्ने सालकले धमिरा खाने गर्दछ त्यसैले यो जनावर किसानको साथी हो’ उहाँले भन्नुभयो ।
सालक समुन्द्री सतह देखि १ हजार मिटरको उचाईमा पाईने गर्दछ । यस वर्ष धादिङका विभिन्न स्थानबाट ३ वटा उद्धार गरि संरक्षित क्षेत्रमा छोडिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।
यस्ता संरक्षित प्रजातिलाई संरक्षणको लागि बुझाएकोमा धन्यवाद दिदैँ उहाँले कोहि कसैले देखेमा वा फेला परेमा डिभिजन वन कार्यालय धादिङमा खबर गर्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस