धादिङ २९ असोज
सरकारले किसानहरुको लागि छुट्याएको अनुदान रकम वास्तविक किसानको हातमा नपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भएको छ । कृषि ज्ञान केन्द्र तथा ३९ औं विश्व खाद्य दिवस समिति धादिङले बुधबार धादिङबेसीमा आयोजना गरेको ३९ औँ विश्व खाद्य दिवस कार्यक्रममा तामाङले सो कुरा बताउनु भएको हो । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा ठुलै असर पुगेको र सरकारले जलवायु परिवर्तन सम्बन्धी ल्याएको नीति नियम कार्यान्वयन हुन नसकेको प्रति तामाङले दःुख व्यक्त गर्नुभयो । उहाँले २०३० साल सम्म नेपालमा भोकमरी समस्या शून्य हुने दावी समेत गर्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, उप प्रमुख विन्दा बराम, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, कृषि ज्ञान केन्द्र धादिङका प्रमुख होमराज विष्ठ, नगारपालिका तथा गाउँपालिकाका प्रतिनिधिहरु विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस