धादिङ ०३ असोज
संविधान दिवसको अबसरमा धादिङमा अखिल क्रान्तिकारी नीलकण्ठ क्याम्पस इकाई द्वारा नेपालको झन्डा राख्ने कार्याक्रम सम्पन्न गरिएको छ ।
नीलकण्ठ बहुमुखी क्याम्पस गेटको प्रवेशद्धारमा नेपालको नयाँ झण्डा फरफराएर संविधान दिवस मनाएको हो । उक्त कार्यक्रममा अखिल क्रान्तिकारी धादिङका विद्यार्थी नेता उद्धव रिजाल,सङ्गठनका जिल्ला सहसचिव श्रीकृष्ण रिजाल र क्याम्पस इकाई कमिटी अध्यक्ष ईश्वरी प्रसाद आचार्य लगाएत ईकाइ कमिटीका सदस्यहरुको उपस्थितीमा सम्पन्न गरिएको हो ।
यस्तै स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को नेतृत्व गर्दै नीलकण्ठ बहुमुखी क्याम्पसका स्ववियू सभापति कविराज श्रेष्ठ,समिती सदस्य विद्यार्थीहरुको सहभागीतामा क्याम्पस भवनमा नेपालको झण्डा राखेर उत्सवको रुपमा मनाएको स्ववियू सदस्य ईश्वरी आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस