धादिङ २९ असोज
धादिङबेसीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । पुराना होटल व्यवसायी मङ्ग बहादुर तामाङको लेकाली भान्छा घर एण्ड गेष्ट हाउस बुधबारबाट सञ्चालनमा आएको हो । धादिङबेसी शान्तबजारमा रहेको भान्छा घर एण्ड गेष्ट हाउसको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बुधबार एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गर्नुभएको हो । १७ वटा कोठा १ वटा तालिम हल सहितको सुबिधा सम्पन्न होटल बुधबारदेखि नै सेवा प्रदान सुरु भएको प्रोपाइटर मङ्ग बहादुर तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस