धादिङ ०३ असोज
आज असोज ३ अर्थात् संविधान दिवस ।
२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।
संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको सफल कार्यान्वयन हुन सकेको छैन् । आठ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिँदा पनि संविधान मास्ने खतरा अहिले दलहरुबाटै हुँदै आएको छ ।
दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ । दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ ।
यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ । जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ ।
विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाइने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ । यस्तै मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आल संविधान दिवसकै अवसरमा ६ सय ७० जनाको माफी मिनाहा गर्नेे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
संविधान दिवसकै अवसरमा राष्ट्रपति,कार्यवाहक प्रधानमन्त्री,७ वटै प्रदेशका मुख्यमन्त्री लगायतले शुभकामना दिएको छ । संविधान दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस