धादिङ २९ भाद्र
धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ६ खादिङ स्थित श्री हिमालय सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री हस्तन्तरण गरिएको छ ।
शुक्रबार ५९ औँ राष्ट्रिय वालदिवसको अवसर पारेर अल्पाईन रेम्बल ट्रेकिंगका म्यानेजर दिल बहादुर गुरुङको सहयोगमा विद्यालयका १ सय १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको रुपमा कापी कलम तथा जाडो मौसममा लगाउने न्यानो टोपी हस्तन्तरण गरिएको विद्यालयका प्रधानध्यापक निर बहादुर तामाङले जानकारी दिनुभयो ।
“वालवालिकामा लगानी,सुनिश्चित भविस्यको थालनी’ भन्ने मुल नाराका साथ गाउँको टोलटोलमा पुगेर वाल श्रम अन्त्य गरौँ,वाल अधिकार सुनिश्चित गरौँ,अभिभावकको माया छोरा छोरी दुवै बराबरी भन्ने नारा लगाई प्रभातफेरी गरि विद्यालयमा पुगी कोण सभामा परिणत गरि विभिन्न सचेतनामुलक अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिएको थियो ।
वाल क्लवका अध्यक्ष महेन्द्र तामाङ सहितको समिती र विद्यालयका प्रधानध्यापक निर बहादुर तामाङ,लगायतको सहभागीतामा भव्य कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानध्यापक तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस